Rule 36
बहाली म्याद
(१) कुनै कर्मचारी एक स्थानबाट अर्को स्थानमा सरुवा भई जानु पर्ने
भएमा त्यस्तो कर्मचारीले बरबुझारथ गर्नु पर्ने भएमा एक्काईस दिनमा नवढाई तथा
तयारीको निमित्त वाटोको म्याद बाहेक सात दिनको म्याद पाउनेछ र तयारी म्यादमा
निजले कार्यालयमा हाजिर हुनु पर्ने छैन वरवुझारथको निमित्त एक्काइस दिन भन्दा बढी
लाग्ने भएमा त्यसको स्पष्ट कारण खोली सम्बन्धित विभागीय प्रमुखबाट स्वीकृत गराउनु
पर्नेछ ।
(२) कर्मचारीलाई एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरी पठाउँदा
सरुवाको रमाना पत्र दिने अधिकारीले निज कर्मचारीले खाइपाई आएको अन्तिम महिनाको
तलब र सो अवधिसम्मको बिदा सहितको विवरण खुलाई अनुसूची–१४ बमोजिमको
रमानापत्र दिनु पर्नेछ ।